Kathmandu Press

चीनले अफगानिस्तानलाई पठायाे मानवीय सहायता सामग्री

काबुल, पुस ७ : चीनले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ।  चीनको रेडक्रस संस्थाले सो...
चीनले अफगानिस्तानलाई पठायाे मानवीय सहायता सामग्री

काबुल, पुस ७ : चीनले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ।  चीनको रेडक्रस संस्थाले सो सामग्री पठाएको थियो।

ती सामग्री अफगानिस्तानको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिएको हो।  काबुलमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा ती सामग्रीहरु चीनको रेडक्रस सोसाइटीले अफगानिस्तानको रेड क्रिसेन्ट सोसइटीलाई हस्तान्तरण गरेको हो। त्यस अवसरमा अफगानिस्तानका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहेको थियो।

Hardik ivf

ती सामग्रीहरु चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो। यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट सोमबार एक रेलमार्फत् अफगानिस्तान पठाइएको हो।  अफगानिस्तानका लागि करिब एक हजार पाँच सय टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन्। ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ।

यी सामग्रीहरूमा खाद्यान्न र लत्ता कपडा रहेका छन्। जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रूपमा चीनलाई सहयोग सामग्री पठाएको छ। चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि विभिन्न समयमा गरी यस्ता सामग्री पठाएको जनाएको छ।

अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए। त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ।

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्