Kathmandu Press

बेलायतले ओमिक्रोन प्रभावित व्यवसायका लागि एक अर्ब पाउण्डस्टर्लिङ सहयोग दिने

बेलायतले ओमिक्रोन प्रभावित व्यवसायका लागि एक अर्ब पाउण्डस्टर्लिङ सहयोग दिने

लण्डन, पुस ६ : क्रिसमसका समय कोरोनाभाइरसको ओमिक्रोनको सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले मंगलबार १.० अर्ब पाउण्डस्टर्लिङ (करिब १ अर्ब ३० करोड अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गरेको छ।

यस योजनाले साधारणतया उनीहरूको व्यस्त समयको दौडान आतिथ्य र मनोरञ्जन क्षेत्रका फर्महरूलाई अनुदान प्रदान गर्नेछ साथै साना तथा मध्यम आकारका व्यवसायहरूका लागि वैधानिक रूपमा व्यवस्था गरिएको राहत प्रदान गर्ने सरकारले बताएको छ।

हालैका हप्ताहरूमा बढ्दो कोरोनभाइरस सङ्क्रमणले गर्दा कर्मचारीहरूको अनुपस्थिति भएको साथै कर्मचारीको माग बढ्दै गएकोले अतिथि सत्कारको यो क्षेत्रले बारम्बार राज्य सहायताको लागि आह्वान गरेको छ।

Hardik ivf

वित्त मन्त्री ऋषि सुनाकले भने, 'ओमिक्रोन भेरिएन्टको फैलावटले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायहरूले व्यस्त हुनुपर्ने समयमा ठूलो अनिश्चितताको सामना गरिरहेका छन् भन्ने कुरा हामीलाई थाह छ। त्यसैले १ अर्ब पाउण्डस्टर्लिङको सहयोग प्याकेजको योजना अघि सारेका छौँ।'

उनले भने, 'यस नयाँ योजना अन्तर्गत प्रत्येक क्षेत्रमा करीब दुई लाख व्यवसायहरू छ हजार पाउण्डस्टर्लिङसम्म एक–अर्काको अनुदानको लागि योग्य हुनेछन्, जुन आगामी हप्ताहरूमा उपलब्ध हुनेछ।'

स्थानीय अधिकारीहरूले अन्य संघर्षरत व्यापारिक संस्थाहरूलाई सहयोग गर्न अर्को १ करोड पाउण्डस्टिर्लिङ उपलब्ध गराउने बताएका छन्।

राज्यले हिउँदमा इङ्ल्याण्डका सांस्कृतिक संगठनहरूलाई समर्थन गर्न आफ्नो संस्कृति पुनः स्थापना कोषमा ३० मिलियन पाउण्डस्टर्लिङ सहयोग गर्नेछ।

प्रधानमन्त्री बोरिस जोन्सनले राहत प्याकेजको सम्बन्धमा भने, 'कोभिड–१९ को ओमिक्रोन भेरिएण्टको वृद्धिसँगसँगै, मानिसहरूले आफ्नो जीवन बिताउँदा बढी सावधानी अपनाउनु उचित छ। वर्षको सबैभन्दा व्यस्त समयमा हाम्रो आतिथ्य, मनोरञ्जन र सांस्कृतिक क्षेत्रलाई असर गरिरहेको छ। यसका लागि सरकारले उचित कार्यक्रमको घोषणा गर्दै जानेछ।'

'देशभरका मानिसहरूलाई आफू, आफ्ना प्रियजनहरू र तपाईंका समुदायको लागि अत्यावश्यक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहनेछ।'

प्रकाशित मिति: २०:४२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्