Kathmandu Press

मलेसियामा बाढी, १४ को मृत्यु, ७० हजार विस्थापित

मलेसियामा बाढी, १४ को मृत्यु, ७० हजार विस्थापित

शाह अलाम, पुस ६ : मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ।

केही दिनदेखिको अत्यधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन्।

बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ। त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ।
 
उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन्।

मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पिडित, डुवानमा परेका तथा विस्थापितहरूलाई डुङ्गाबाट मङ्गलबार पनि खाद्य पदार्थ वितरण गरेका थिए।

बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।  

जताजतै बाढी भएकाले कतिपय व्यक्तिहरू थुनिएको वा डुवानमा परेको ठाउँबाट पौडिदै ज्यान जोगाउन र सुरक्षित स्थानमा पुग्न सफल भएका छन्।
 
मलेसियामा बाढीका कारण अरु लाखौँ नागरिक प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्