Kathmandu Press

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

तेहरान, पुस, ६ : इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको...
सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु
Hardik ivf

तेहरान, पुस, ६ : इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको जनाएका छन्। राजदूत हसन इर्लू सानामा आफ्नो मिशनको ठाउँमा कोरोना सङ्क्रमित भएका थिए।   

'दुर्भाग्यवश, उहाँ प्रतिकूल अवस्थामा स्वदेश फर्कनुभयो, र उहाँको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उहाँको  निधन भयो,' उनले थपे।

इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्