Kathmandu Press

हजारौँ अफगानिस्तानी बालबालिकालाई सहयोग : युनिसेफ

काबुल, पुस ६ : संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ।राष्ट्रिसंघीय निकाय युनिसेफले सन् २०२१ को...
हजारौँ अफगानिस्तानी बालबालिकालाई सहयोग : युनिसेफ

काबुल, पुस ६ : संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ।

राष्ट्रिसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो।

Hardik ivf

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।  

यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ।

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ भने सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्वन्धी सामग्रीहरू उपलब्ध गराइएको छ।

त्यसैगरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

द्वन्द्वबाट धेरै प्रभावित यस मुलुकमा युनिसेफले विभिन्न सहयोगका कार्यक्रमहरु लामो समयदेखि सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्