बेलायतमा ओमिक्रोनबाट एकैदिनमा १२ हजार १३३ जना संक्रमित

काठमाडौं, पुस ५ : बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । यो सँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको अधिकारीहरुको भनाइ छ । यस्तै, कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् ।
बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए ।
प्रकाशित मिति: १८:३५ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












