Kathmandu Press

अर्जुन दास हत्या प्रकरण : अडियो पठाउने युवक पक्राउ, ३ दिनपछि प्रहरीले उठायो शव 

काठमाडौं, पुस ५ : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्या प्रकरणमा थप एकजना पक्राउ परेको छ। अर्जुनकी श्रीमती धर्मादेवी दासको मोबाइलमा...
अर्जुन दास हत्या प्रकरण : अडियो पठाउने युवक पक्राउ, ३ दिनपछि प्रहरीले उठायो शव 
Hardik ivfHardik ivf

काठमाडौं, पुस ५ : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्या प्रकरणमा थप एकजना पक्राउ परेको छ। अर्जुनकी श्रीमती धर्मादेवी दासको मोबाइलमा अडियो रेकर्ड पठाउने युवकलाई आइतबार साँझ नै पक्राउ गरेको जानकारी दिएको छ ।

आइतबार ती व्यक्तिबारे कुनै जानकारी नदिइएपछि उनी अर्जुनकी श्रीमतीको मोबाइलमा अडियो पठाउने व्यक्ति नै रहेको बताइएको छ। 

पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ ।  पक्राउ परेका व्यक्ति अर्जुन दासका घर वरपरकै व्यक्ति रहेको तर अनुसन्धानको संवेदनशीलतालाई मध्यनजर गर्दै उनको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय  कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन्। 

पक्राउ परेकाहरुबाट थप अनुसन्धान गरि हत्यामा संलग्नहरुको पहिचान र खोजीको काम तीव्ररुपमा अगाडि बढेको डिएसपी जोशीले बताए । अडियो रेकर्डबारे पनि दुबै पक्षबाट छानविन र अनुसन्धान भइरहेको जानकारी दिए। अडियोमा भनिएजस्तै अभियुक्तहरु बोर्डर पार गरिसकेका हुन् कि प्रहरी अनुसन्धानलाई मोड्नका लागि अडियो सार्वजनिक गरिएको भन्ने दुबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए । 

शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन शनिबार अमरावती जंगलमा मृत फेला परेका थिए । उनको घाँटी रेटेर छिनालिएको अवस्थामा शरीर रुखमा बाँधिएको थियो। अर्जुन मृत फेला पर्नुअघि उनकी श्रीमती धर्मादेविको मोबाईलमा शंकास्पद अडियो आएको थियो । मनोज नाम गरेका व्यक्तिले उक्त अडियोमाा भनिएअनुसार  नै अर्जुनको विभत्स हत्या भएको थियो। 

तीन दिनपछि शव उठाइयो

प्रहरीले शनिबार अर्जुनको हत्या भएको शरीर जंगलमा भेटेको थियो । तत्काल पोस्टमार्टम गरेर घटनाको अनुसन्धान गर्ने तयारीमा जुटेको प्रहरीलाई अर्जुनका आफन्त र परिवारले शव उठाउन दिएन । हत्यारालाई तत्काल पक्राउ गरि कारवाही प्रकृया अगाढि नबढाएसम्म शव उठाउन नदिने अडान लिएपछि प्रहरी आइतबार पनि घटनास्थलाई सुरक्षित राखेर बाँकी अनुसन्धानमा जुटेको थियो। 

सोमबार मृतकको आफन्त र संघर्षरत समूहबीच प्रहरीले छलफल गरेपछि भने शव उठाउन राजी भएका थिए।  प्रहरीले अर्जुनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल टीकापुर पु¥याएको जानकारी दिएको छ। 

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले दोषीलाई कारवाही गर्ने, राज्यबााट उचित क्षतिपूर्ती उपलब्ध गराउने, पीडित परिवार र छोरीको भरणपोषण लगायतका विषयमा मौखिक सहमति भएपछि अर्जुनको शव उठाउन दिइएको जानकारी दिएका छन्।

त्यस्तै अर्जुन दासको न्यायका लागि भन्दै स्थानीय वासिन्दा र आफन्तले ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेको पनि वडाध्यक्ष भण्डारीले काठमाडौं प्रेसलाई जानकारी दिए। 

सम्बन्धित समाचार

कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या, शरीर र टाउको अलग

 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्