Kathmandu Press

बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

ढाका, पुस ५ : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी  दिएको...
बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

ढाका, पुस ५ : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी  दिएको छ।

पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग संगठन (ओआइसी) परराष्ट्र मन्त्री परिषद्को १७औं असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन रेजाले बताएका छन्।

Hardik ivf

काउन्सिलको बैठकमा परराष्ट्र सचिवले अफगानिस्तानको ठूलो हिस्सामा खाद्यान्न, आश्रय र सामाजिक सेवाको चरम अभावका कारण आर्थिक र मानवीय सङ्कटमा परेको विषयमा गहिरो चासो व्यक्त गरेका छन्। जाडोको याममा अवस्था झनै बिग्रन सक्ने पनि उनले बताए।

अफगानिस्तानको समावेशी सामाजिक–आर्थिक विकास निर्वाध रूपमा जारी रहने विश्वास व्यक्त गरिए तापनि समाजका सबै वर्गले आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा प्रभावकारी रूपमा योगदान पुर्‍याउन र क्षेत्रीय सद्भाव कायम राख्न सकून् भन्ने मोमेनले बताए।

परराष्ट्र सचिव मोमेनले पनि बंगलादेशले अफगानिस्तानको विकास प्रक्रियामा साझेदार हुन सक्ने बताए।  

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्