Kathmandu Press

बाढीका कारण इराकमा १२ को मृत्यु

बाढीका कारण इराकमा १२ को मृत्यु

बग्दाद, पुस ५ : अत्यधिक वर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ। बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ। त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन्।

गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिस क्षेत्रमा भारी वर्षा भएको थियो। घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्छ।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, पुस ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्