Kathmandu Press

कुनै दलको बहुमत नआउने भएकाले अहिलेको गठबन्धन चलिरहन्छ : नेपाल

काठमाडौं, पुस ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत ल्याउन नसक्ने बताएका छन्। एमाले एक्लैले बहुमत...
कुनै दलको बहुमत नआउने भएकाले अहिलेको गठबन्धन चलिरहन्छ : नेपाल

काठमाडौं, पुस ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत ल्याउन नसक्ने बताएका छन्। एमाले एक्लैले बहुमत ल्याउने भन्ने कुरा केपी ओलीको गफ मात्र भएको उनले बताए।

समाजवादी प्रेस संगठनद्वारा आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रममा उनले कुनै दलको बहुमत नआएको स्थितिमा अहिलेको गठबन्धन लामो समय रहने दाबी गरे।

राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सहमतिका साथ तयारी भइरहेको बताए। संसदीय चुनावमा पनि सहकार्य गर्ने विषयमा छलफल भइरहेको दाबीनेता नेपालले गरे।

बहुमत ल्याउँछु भन्ने ओली गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए पनि हुने भन्दै टिप्पणी गरे। नेपालले ओलीलाई सुध्रिन र गल्ती महसुस गर्न आफूहरुले अझै आग्रह गरिरहेको उनले बताए।  

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सहज वातावरणमा अघि बढाउन आफ्नो पार्टीले चाहेको पनि बताए। ‘एमसीसीसँग जोडिएकाहरुले आफूलाई बुझाउने कोसिस गरिरहेको पनि उनले बताए। ‘एमसिसीलाई सहज वातावरणमा हामी अघि बढाउन चाहन्छौं,’ उनले भने, ‘ विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, सेनासँग वा नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस्।’

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्