Kathmandu Press

शिक्षामन्त्री पौडेलले भने– नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो कि? 

काठमाडौं, पुस ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको...
शिक्षामन्त्री पौडेलले भने– नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो कि? 

काठमाडौं, पुस ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन्। 

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई  मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा बिदेसिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे।

त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा मन्त्री पौडेलले भने, ‘कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् कि वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ।’ उनले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिए।

उनले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औंल्याए। 

सिकेका सीपलाई राष्ट्र विकासको एक सुत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उनको जोड थियो। मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रस्ट्याए। 

उनले देश बन्दैन र देश बन्छ भन्नेजस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिविलाई आग्रह गरे। अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिविले दिनुपर्नेमा जोड दिए। 

उनले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठूलो धनराशी रोक्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्