Kathmandu Press

खुला महिला केन्द्रीय सदस्यको मतगणना : १३६४ मत गन्दा डिला संग्रौलाको अग्रता, शीर्ष ९ मा को–को परे ? 

१३ सय ६४ मत गनेर सकिँदा डिला संग्रौलाले सुरुवाती अग्रता लिएकी छन्। उनी ८२५ मत सहित शीर्षस्थानमा छिन्। त्यस्तै दोस्रोमा पुष्पा भुसाल र तेस्रोमा आरजु राणा रहेकी छन् । 
खुला महिला केन्द्रीय सदस्यको मतगणना : १३६४ मत गन्दा डिला संग्रौलाको अग्रता, शीर्ष ९ मा को–को परे ? 
फाइल तस्बिर

काठमाडौं, पुस ५ :  नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।  पार्टी कार्यालय सानेपामा जारी मतगणनाको सुरुवाती नतिजा प्राप्त भएको हो। 

१३ सय ६४ मत गनेर सकिँदा डिला संग्रौलाले सुरुवाती अग्रता लिएकी छन्। उनी ८२५ मत सहित शीर्षस्थानमा छिन्। त्यस्तै दोस्रोमा पुष्पा भुसाल र तेस्रोमा आरजु राणा रहेकी छन् । 

भुसालले ८०२ मत पाउँदा आरजु राणा ७२८ मत पाएर तेस्रो स्थानमा छिन् ।
 
शीर्ष ९ भित्र अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मतसहित अग्रता कायम गरिरहेका छन्।

खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्