कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित
काठमाडाैं, पुस ५ : एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाकाे आज (सोमबार) काे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले...काठमाडाैं, पुस ५ : एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाकाे आज (सोमबार) काे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक सुरु गरेलगत्तै एमाले सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए। त्यसक्रममा एमालेले कारबाही गरेका सांसदहरुलाई कारबाही नगरेसम्म संसद सञ्चालन हुन नदिने भनेलगत्तै सो दलका सांसदहरूले आसनमा उभिएर विरोध गरेका थिए।
अध्यक्ष तिमिल्सिनाले सदन अघि बढाउनुपर्ने भन्दै सांसदहरुलाई बस्न आग्रह गरेका थिए। उनीहरु नबसेपछि कार्यसूची हटाएको जानकारी दिएर अध्यक्ष तिमल्सिनाले बैठक स्थगित गरिएकाे जानकारी दिए। अर्को बैठक अर्को सूचनाले तोकेको मितिमा बस्ने पनि उनले बताए।
एमालेले गत भदौ २३ गतेयता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ। एमालेमा हुँदै कारबाही गरिएका तर हाल नेकपा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमक्त गर्नुपर्ने माग राख्दै आएको छ।











