Kathmandu Press

मलेसियामा बाढी, ३५ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर, पुस ५ ः मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि...
मलेसियामा बाढी, ३५ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर, पुस ५ : मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् ।

मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।

Hardik ivf

यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ ।यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।

राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् ।

मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्