Kathmandu Press

चिलीमा ३५ वर्षीय वामपन्थी नेता गेब्रियल बोरिक राष्ट्रपति निर्वाचित 

काठमाडौं, पुस ५ : चिलीमा ३५ वर्षीय युवा नेता राष्ट्रपति निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनबाट चिलीका वामपन्थी नेता गेब्रियल बोरिक राष्ट्रपति चयन...
चिलीमा ३५ वर्षीय वामपन्थी नेता गेब्रियल बोरिक राष्ट्रपति निर्वाचित 

काठमाडौं, पुस ५ : चिलीमा ३५ वर्षीय युवा नेता राष्ट्रपति निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनबाट चिलीका वामपन्थी नेता गेब्रियल बोरिक राष्ट्रपति चयन भएका हुन्। 
 
उनी दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको समाचारमा उल्लेख छ।
 

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, पुस ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्