२० जना उपसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश
काठमाडौं, पुस ५ : संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय अन्तर्गतको बढृुवा समितिले २० जना उपसचिवलाई बढुवा गर्न सिफारिस गरेको छ। समितिलेप्रशासन सेवाका १८ र...
काठमाडौं, पुस ५ : संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय अन्तर्गतको बढृुवा समितिले २० जना उपसचिवलाई बढुवा गर्न सिफारिस गरेको छ।
समितिलेप्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई बढुवा गर्न सिफारिस गरेको हो।
प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् ।
यसैगरी श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।
लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।
प्रकाशित मिति: १०:२९ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











