खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गरिँदै
काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यको मत गणना गर्न लागिएको छ।आज बिहान ९ बजेदेखि खुला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना...
काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यको मत गणना गर्न लागिएको छ।
आज बिहान ९ बजेदेखि खुला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी राखिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आइतबार साँझदेखि मतगणना थलिएको थियो।
रातिसम्म ४ सय मत गणना गरिएको छ। बाँकी आज बिहानदेखि गणना गरिने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसमा खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ। त्यसका लागि ३० जना प्रतिस्पर्धामा छन्।
यसअघि कांग्रेसले खुला केन्द्रीस सदस्यको मत गणना गरेको थियो। जसमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका थिए।
प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











