आठ जिल्लामा बालबालिकालाई फाइजर खोप लगाइँदै
सरकारले देशका आठ जिल्लामा पहिलो चरणमा बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ।
काठमाडौं, पुस ५ : सरकारले देशका आठ जिल्लामा पहिलो चरणमा बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ।
यसअघि २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी थियो। त्यसमध्ये आठ जिल्लाका बालबालिकालाई पहिलो चरणमा पुस १३ देखि २२ गतेसम्म खोप लगाइने भएको हो।
पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोको पहिलो लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी जिल्लामा माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज लगाइने भएको छ।
त्यसपछि बाँकी १२ जिल्लमा खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा खोप लगाउने मिति पछि तोकिने भएको छ।
प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











