खुला केन्द्रीय सदस्यको चुनावमा कसले कति मत पाए?
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन्।
काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन्।
गएराति सम्पन्न मतगणनामा डा. कोइरालाले ३ हजार ८३६ मत पाएका छन्। खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्यमा निर्वाचत भएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा डा. कोइरालासँगै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, डा. गोविन्दराज पोखरेल र सञ्जयकुमार गौतम छन्।
यसैगरी, मोहन आचार्य, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र डा. गोपाल दहित केन्द्रीय सदस्यमा निर्वाचत भएका छन्।
केन्द्रीय सदस्यका ९९ उम्मेदवारले पाएको मतः















