गगनलाई उछिन्दै शशांकले पाए सर्वाधिक मत
कोइरालाले थापालाई उछिन्दै सर्वाधिक मत प्राप्त गर्न सफल भएका हुन् ।
काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शशांक कोइरालाले हालसम्मकै सर्वाधिक मत पाएका छन् ।
खुला केन्द्रीय सदस्यतर्फ उम्मेद्वार रहेका कोइरालाले ३८३६ मत सहित पहिलो स्थानमा बिजयी भएका हुन् । कोइराला सभापति शेरबहादुर देउवा र सभापतिका प्रत्यासी रहेका शेखर कोइराला दुबैको प्यानलमा परेका थिए ।
यसअघि महामन्त्रीमा निर्वाचित भएका कोइराला प्यानलका गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । कोइरालाले थापालाई उछिन्दै सर्वाधिक मत प्राप्त गर्न सफल भएका हुन् ।
प्रकाशित मिति: २१:०६ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











