Kathmandu Press

तीन मन्त्री कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित 

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सरकारका तीन मन्त्री निर्वाचित भएका छन् ।सार्बजनिक निर्वाचन परिणाम अनुसार खुला केन्द्रीय सदस्यतर्फ ३५ भित्र...
तीन मन्त्री कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित 

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सरकारका तीन मन्त्री निर्वाचित भएका छन् ।

सार्बजनिक निर्वाचन परिणाम अनुसार खुला केन्द्रीय सदस्यतर्फ ३५ भित्र भएको प्रतिस्पर्धामा रहेका तीन मन्त्रीमध्ये तीनै जना निर्वाचित भएका हुन् ।

यसरी निर्वाचित हुनेमा गृहमन्त्री बालकृष्ण खाण, सुचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु निर्वाचित भए ।

बिजयी भएका मन्त्रीहरुमध्ये खाण लोकप्रिय मत सहित तेश्रो स्थानमा निर्वाचित भए भने कार्की सातौ र बडु १६औं स्थानमा निर्वाचित भए ।

यसअघि महामन्त्री पदमा प्रतिस्पर्धामा रहेका मीनेन्द्र रिजालले पराजय भोगेपछि रक्षामन्त्री पदबाट राजनीनामा दिएका थिए । 
 

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्