सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम, पुस ४ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८० जनाको नमुना परीक्षण गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार एन्टीजेन विधिमार्फत कैलालीका तीन तथा बैतडी र कञ्चनपुरका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–१ का ८५ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो।
यसअघि आज यस प्रदेशमा दुई जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: २०:१६ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१