एमसीसीबारे छलफल गर्न सरकारले बनायो ३ सदस्यीय कार्यदल गठन

काठमाडौं, पुस ४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा साझा धारणा बनाउन अध्ययन गर्नका लागि सत्ता गठबन्धनले कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार बसेको गठबन्धनको बैठकले सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एकिकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल रहने गरी कार्यदल गठन गरेको हो ।
समितिले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ। बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका थिए। संसद् बैठक पुस ६ गते बस्ने छ।
प्रकाशित मिति: १९:५२ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











