केपी ओलीले अदालतको फैसलालाई मानेनन् : माधव नेपाल
काठमाडौं, पुस ४ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारेको बताएका...
काठमाडौं, पुस ४ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको समेत आरोप लगाए ।
उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेको दाबी गरे।
उनले पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा आफूले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको दाबी गरे। त्यसपछि अदालतले नयाँ सरकार गठन प्रक्रियामा सहभागी भयो भन्दैमा ह्वीप उल्लंघन नहुने निर्णय सुनाएको बताए।
प्रकाशित मिति: १९:३६ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











