खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु
काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ । शुक्रबार बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै...
काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ । शुक्रबार बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो ।
निर्वाचन समितिका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य मधेशी खुलाका लागि भएको मतदानको गणना सुरु भएको छ।
खुला महिला ९ जनाको लागि ३० जना चुनावी मैदानमा छन् । यस्तै मधेशी खुल्ला पाँच पदको लागि विनोद चौधरीसहित २३ जना चुनावी मैदानमा छन्।
प्रकाशित मिति: १९:२० बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











