Kathmandu Press

संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, पुस ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरेर मात्रै पारित गर्दा ठीक हुने बताएका...
संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, पुस ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरेर मात्रै पारित गर्दा ठीक हुने बताएका छन् ।

एमसीसीमा भएका केही प्रावधान संशोधन भएमा संसद्‌बाट पारित गर्दा ठीक हुने धारणा राखेका हुन् । संसद् अवरुद्ध भएको अवस्थामा एमसीसी संसद्‌मा पेस गरेर पारित गर्दा समस्या हुने प्रचण्डको भनाइ थियो ।

तत्कालीन नेकपामा प्रचण्डसहित माधवकुमार नेपालपक्ष एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा उभिएपनि सर्वदलीय बैठकमा राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायत दलले एमसीसी संसद्‌बाट पारित गर्न नहुने धारणा राखेका थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलहरुले एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन्। 

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्