भारतमा ओमिक्रोन संक्रमितको संख्या १४५ पुग्यो
काठमाडौं, पुस ४ : भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १४५ पुगेको छ । हालसम्म भारतका ११ राज्य र केन्द्र शासित...
काठमाडौं, पुस ४ : भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १४५ पुगेको छ । हालसम्म भारतका ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ४८, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ९, आन्ध्र प्रदेशमा १, चण्डीगढमा १ तमिलनाडुमा १ र पश्चिम बंगालमा १ संक्रमित फेला परेका हुन् ।
ओमिक्रोनको संक्रमित पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा भेटिएको थियो। त्यसपछि यसको पहिलो बिरामी भारतमा डिसेम्बर २ मा कर्नाटकमा भेटिएको थियो।
गुजरातको स्वास्थ्य विभागका एक अधिकारीले आइतबार १५ डिसेम्बरमा बेलायतबाट आएका एक जनामा ओमिक्रोन संक्रमण भएको पुष्टि भएको छ।
तर, उनीसँगै यात्रा गर्ने यात्रु र उनको सम्पर्कमा आएका अन्य व्यक्तिमा भने संक्रमण देखिएको छैन।












