Kathmandu Press

बम विस्फोटमा दुई जनाको मृत्यु, पाँच घाइते

बम विस्फोटमा दुई जनाको मृत्यु, पाँच घाइते
Hardik ivf

इस्लामावाद, पुस ४ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएकाे छ। विष्फाेटमा परी अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन्।

बाजौर जिल्लाको कमर सार क्षेत्रबाट राजनीतिक दलका कार्यकर्ता बोकेको गाडी गुड्ने क्रममा सडक किनारमा राखिएको बमसँग ठोक्किँएको प्रहरीले जनाएको छ।

सुरक्षा बल र उद्वार टोलीहरू घटनास्थलमा पुगेका र घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको जनाइएको छ। घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा बलले घटनास्थलको क्षेत्रलाई घेरेर अनुसन्धान अभियान सुरु गरेको जनाइएको छ। कुनै समूह या व्यक्तिले  हालसम्म यस आक्रमणको दाबी गरेका छैनन्।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्