एमसीसीबारे निष्कर्षमा नपुगी सकियो सर्वदलीय बैठक
काठमाडौं, पुस ४ : आज बसेको सर्वदलीय बैठक विना निश्कर्ष टुङ्गिएको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने र संसद...
काठमाडौं, पुस ४ : आज बसेको सर्वदलीय बैठक विना निश्कर्ष टुङ्गिएको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने र संसद अवरुद्ध हटाउने विषयमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको हो।
बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेका थिए।
सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए।
बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए।
जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए।











