Kathmandu Press

कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक अग्रस्थानमा, अरु कसले कति पाए मत ? 

पछिल्लो अपडेट अनुसार बजेसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २ हजार ९ सय ४० मतसहित अग्रस्थानमा छन्। उनले मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका छन्।
कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक अग्रस्थानमा, अरु कसले कति पाए मत ? 

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।

पछिल्लो अपडेट अनुसार बजेसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २ हजार ९ सय ४० मतसहित अग्रस्थानमा छन्। उनले मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका छन्।

२ हजार २ सय ६१ मतसहित एनपी साउद दोस्रो स्थानमा रहँदा २ हजार २ सय ७ मतसहित बालकृष्ण खाँण तेस्रो स्थानमा छन्। उदय शमशेर २ हजार १ सय ६७ मत पाएर चौथो स्थानमा रहँदा रामहरि खतिवडा २ हजार १ सय ४७ मतसहित पाँचौं स्थानमा छन्।

 कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धीबाट ३५ जना चुनिनेछन्।

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्