Kathmandu Press

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

लिस्बन, पुस ४ : पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार...
पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

लिस्बन, पुस ४ : पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।

यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ। ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन्।

Hardik ivf

ती बालबालिका ५ देखि ११ वर्षका हुन्। उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ। यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन्।

आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र यहाँका १३ वर्षसम्मका सबैलाई खोप दिइने छ। पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ।

गएको २४ घन्टामा मात्र यहाँ ५ हजार जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ। त्यस्तै यस अवधिमा यहाँका १२ जनाको यही संक्रमणबाट ज्यान पनि गएको छ। 

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्