Kathmandu Press

अर्जुन दास हत्या प्रकरण : घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ 

काठमाडौं, पुस ४ : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
अर्जुन दास हत्या प्रकरण : घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ 

काठमाडौं, पुस ४ : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ। 

पक्राउ पर्ने व्यक्तिसँग प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

उनका अनुसार घटनापछि प्राप्त अडियो रेकर्डका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो। 

शनिबार दिउँसो जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अर्जुनको हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी हत्या गरिसकेपछि अर्जुनको शरीर रुखमा बाँधेर राखेको अवस्थामा जंगलभित्र फेला परेको थियो। 

हत्यामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या, शरीर र टाउको अलग

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्