Kathmandu Press

मुलुकभर थपिए १८१ कोरोना संक्रमित, २८९ संक्रमणमुक्त

काठमाडौं, पुस ४ : देशभर बितेको २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ नमूनाको...
मुलुकभर थपिए १८१ कोरोना संक्रमित, २८९ संक्रमणमुक्त

काठमाडौं, पुस ४ : देशभर बितेको २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ नमूनाको परीक्षण गर्दा पीसीआर विधिबाट १३३ र एन्टीजेन विधिबाट ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिका ३८९ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २५ हजार ७३६ र एन्टीजेनतर्फ ९५ हजार ९८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५७३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १७१ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार २३ जना होम आइसोलेसनमा छन् भने २४८ जना संस्थागत र ९५ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै  १०० जना आइसीयूमा उपचाररत छन् भने २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:११ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्