Kathmandu Press

खुला केन्द्रीय सदस्य मतगणना : ३५औं स्थानमा कृष्णकिशोर घिमिरे, अगाडि काेकाे छन्?

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ।आज (आइतबार)...
खुला केन्द्रीय सदस्य मतगणना : ३५औं स्थानमा कृष्णकिशोर घिमिरे, अगाडि काेकाे छन्?

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

आज (आइतबार) सवा ३ बजेसम्म २ हजार ९९३ मतगणना भइसक्दा अन्तिम ३५ अटाएकाहरूले अन्तिमसम्म आफ्नो स्थान कायम राखिरहन सके भाग्यमानी ठहरिनेछन्। तर ३५ भन्दा बाहिर रहेका अरु आए यीमध्ये कसैले बाहिरिनु पर्ने पनि हुन्छ।

निर्वाचन समितिले साढे ३ बजे सार्वजनिक गरेको विवरणअनुसार शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रमेश लेखक, शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी र जीपछिरिङ लामा दसौं स्थानसम्ममा छन्। राम्रो मत रहेका कारण उनीहरु अन्तिमसम्म ३५ भन्दा बाहिर नजाने निश्चितजस्तै छ।

त्यसपछि गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, डा. रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत र दीपक गिरी ११औं स्थानबाट २०औं स्थानसम्म परेका प्रतिसपर्धी हुन्।

त्यसपछि २१औं स्थानबाट ३०औं स्थानसम्म कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला र गणेश लामा छन्।

अजयबाबु शिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी, गोपाल दहित र कृष्ण किशोर घिमिरे ३१ दखि ३५औं सथानमा छन्। ३५ भित्र पनि अन्तिमतिर परेका उम्मेदवारहरू  धर्मरको सिथतिमा छन्। पछिपछि आइरहेकाहरूले उनीहरुलाई  उछिन्न सक्ने सम्भावना रहेको छ। 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्