Kathmandu Press

खुला केन्द्रीय सदस्य मतगणना : ५०० मत कटाउन नसक्ने ३० जना काेकाे?

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीइ कार्यलयमा जारी छ। आज...
खुला केन्द्रीय सदस्य मतगणना : ५०० मत कटाउन नसक्ने ३० जना काेकाे?

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ। आज (आइतबार)  सवा ३ बजेसम्म २ हजार ९९३ मतगणना भइसक्दा ५०० मत पनि कटाउन नसक्नेमा ३० जना परेका छन्।

सबैभन्दा कम मत पाउनेमा गणेशप्रसाद विमली परेका छन्। उनले जम्मा ८५ मत पाएका छन्। अन्तिम दोस्रोमा पुरुषेत्तम लामिछाने परेका छन्। उनले जम्मा ९७ मत पाएका छन्। उनीहरु दुईजना १०० मतभन्दा कम ल्याउने उम्मेदवार हुन्।

खुला ३५ केन्द्रीइ सदस्य चयन गर्न ९९ जनाबीच भइरहेका प्रतिस्पर्धामा ७०औं स्थानमा परेका तारिणीदत्त चटौतले ४८७ मत पाएका छन्।उनीभन्दा पछि ३०० र ४००को बीचमा मत ल्याउने दीपक भट्टराई (३७३), आनन्दराज त्रिपाठी (३६०) र विमलराज क्षेत्री (३४०) रहेका छन्।

२००  देखि ३०० को बीचमा मत ल्याउन्े डा. मुकेशराज काफ्ले, शंकर तिवारी, प्रेमबहादुर खड्का, शारदा पोडेल, तिलकबहादुर रानाभाट, प्रकाशसिंह कार्की,  अबुल हुसेन अन्सारी, शिवराज जोशही र डा. थपलिया छन्।

त्यसैगरी १०० देखि २०० का बीचमा तल हासिल गर्नेमा रामकृष्ण अमात्य, हर्कबहादुर देउवा, गोविन्बहादुर रानाभाट, डा. टिएन योगी, भरतकुमार शाही, डिकेन्द्रराज कँडेल, भरतप्रसाद लम्साल, गणेशबहादुर विष्ट, दिवाकर गौतम, ध्रुवप्रसाद पौडेल, उत्तरबहादुर ऐर, हर्षबहादुर बम, कृष्णप्रसाद कुइँकेृल, मनोज खड्का र प्रवीण वन छन्।             

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्