Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक सुरू

काठमाडौं, पुस ४ :  सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएलगत्तै सर्वदलीय बैठक बस्ने तयारी भएको छ । पाँच...
सत्तारुढ गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक सुरू
फाइल तस्बिर

काठमाडौं, पुस ४ :  सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरू भएको छ । 

पाँच दलीय गठबन्धनको बैठकमा संसद खुलाउने र अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल भएको बताइएको छ।  संसद खुलाउने विषयमा गठबन्धनका नेताहरु सकारात्मक रुपमा छलफल गर्नुपर्ने विषयमा सहमत भएपनि एमसीसीकाा बारेमा भने सहमति नजुटेको बताइएको छ । 

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतका दलहरु भने एमसीसी  परिमार्जन गरेर मात्र अगाढि बढाउने पक्षमा छन्। 

गठबन्धनको बैठकमा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे । बैठकमा सहभागि हुन बालुवाटार पुगेपनि उनी छलफलमा सहभागी नभएको बताइएको छ। 

गठबन्धन बैठक सकिएलगत्तै बस्न लागेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागि नहुने बताइसकेको छ। सर्वदलीय बैठकअघि सरकारले एमालेसँग छलफल गर्नुपर्ने उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्। 

एमाले उपस्थित नहुने भएपछि सर्वदलीय बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र संसदमा सहभागि अन्य  दलहरुको उपस्थित रहेकाे छ। 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्