Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, आजै सर्वदलीय बैठक बस्ने

काठमाडौं, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका...
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, आजै सर्वदलीय बैठक बस्ने
फाइल तस्बिर

काठमाडौं, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन्। 

बैठकमा संसद्मा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि उनले बताए।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्