Kathmandu Press

युके ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले दिए राजीनामा

लन्डन, पुस ४ : प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन्।उनको राजीनामाले यसै साता  आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको...
युके ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले दिए राजीनामा

लन्डन, पुस ४ : प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन्।

उनको राजीनामाले यसै साता  आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको सामना गरेको सरकार भित्र थप असमझदारी देखिएको छ।

Hardik ivf

ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले जोनसनलाई लेखेको पत्रमा एक पत्रिकाले अर्को महिना पद छाड्ने योजना बनाएको खबर दिएपछि आफूले तुरुन्तै राजीनामा दिएको बताए।

फ्रस्टले भने कि इयु छोड्ने प्रक्रिया दीर्घकालीन काम हुनेछ। ूत्यसैले हामी यस महिनाको शुरुमा जनवरीमा अगाडि बढ्ने र इयुसँगको हाम्रो भविष्यको सम्बन्धलाई व्यवस्थित गर्न अरूलाई डण्डा सुम्पने कुरामा सहमत भयौं,ू उनले आफ्नो राजीनामा पत्रमा भनेका छन्।

उनले जोनसनको नीतिहरूप्रति बढ्दो मोहभंगको कारण राजीनामा दिएका हुन्। अखबारका अनुसार फ्रोस्टको निर्णय गत हप्ताको नयाँ महामारी प्रतिबन्धको  चर्चाबाट शुरु भएको थियो जसमा मानिसहरूले खोपको प्रमाण वा नाइटक्लबहरू र अन्य भीडभाड स्थानहरूमा प्रवेश गर्न कोरोनाभाइरस परीक्षणको नेगेटिभ प्रमाण अनिवार्य गरिएको थियो।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्