Kathmandu Press

जर्सिङपौवाकाे रिसोर्टमा १९ वर्षीया युवती मृत फेला

काठमाडौं, पुस ४ : काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित लाङटाङ इको रिसोर्टमा युवती मृत फेला परेकी छन्।ती युवती ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ की १९ वर्षीया...
जर्सिङपौवाकाे रिसोर्टमा १९ वर्षीया युवती मृत फेला

काठमाडौं, पुस ४ : काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित लाङटाङ इको रिसोर्टमा युवती मृत फेला परेकी छन्।

ती युवती ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ की १९ वर्षीया उर्मिला आले मगर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सोही रिसोर्टमा काम गर्थिन्।

उर्मिला मोरङ लेटाङका अर्जुन मगरसँग ‘लिभिङ टुगेदर’मा बस्थिन्। उनीहरुले आफूहरू सुत्ने कोठा चिसो भएका कारण कोइला बालेर सुतेका थिए। बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएका थिए।

त्यतिबेला उर्मिला मृत  भेटिएकी हुन्। अचेत  भेटिएका अर्जुनको उपचारपछि होस आएको जनाइएको छ।

कोइला बालेर, झ्यालढोका थुनेर सुतेकाले निसासिएर उर्मिलाको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

उर्मिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र अर्जुनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्