सुनको मूल्य प्रतितोला ९३ हजार ६०० कायम
काठमाडौं, पुस ४ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ६०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला...
काठमाडौं, पुस ४ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ६०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला रु ४००ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५ ले घटेर रु. १ हजार २४५ तोकिएको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:५७ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











