Kathmandu Press

बेइजिङका नागरिकहरूका लागि बरफ र हिउँको मौसम खुला

बेइजिङ, पुस ४ : बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ।अर्को वर्ष अप्रिलसम्म चल्ने यस...
बेइजिङका नागरिकहरूका लागि बरफ र हिउँको मौसम खुला

बेइजिङ, पुस ४ : बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ।

अर्को वर्ष अप्रिलसम्म चल्ने यस सिजनमा बेइजिङका बासिन्दाहरूका लागि बरफ र हिउँ खेलकुद संस्कृति फैलाउन र सम्बन्धित उद्योगहरूमा खपत बढाउने प्रयासमा थुप्रै खेलकुद र सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।

Hardik ivf

बेइजिङमा यो बरफ र खेलकुद खेल महोत्सव २०२२ को शीतकालीन ओलम्पिक खेलका लागि अभियानको रूपमा २०१४ मा उद्घाटन गरिएको थियो।

२०१५ जुलाईमा बेइजिङको सफल बोली पछि बरफ र हिउँको मौसम एक प्रसिद्ध सामूहिक खेल गतिविधिका रूपमा विकसित भएको छ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्