Kathmandu Press

अस्ट्रेलियाको ब्रिसबेननजिकै भएको समुद्री विमान दुर्घटनामा ४ जनाको मृत्यु

सिड्नी, पुस ४ : अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी सहर ब्रिसबेननजिकै आइतबार एउटा हल्का विमान समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा...
अस्ट्रेलियाको ब्रिसबेननजिकै भएको समुद्री विमान दुर्घटनामा ४ जनाको मृत्यु

सिड्नी, पुस ४ : अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी सहर ब्रिसबेननजिकै आइतबार एउटा हल्का विमान समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई वयस्क पुरुष र दुई बालबालिका रहेको क्विन्सल्यान्ड प्रहरीले पुष्टि गरेको छ। विमान मङ्ग्रोभ पछाडि हराएको  थियो।  चार सिटको सानो विमानले स्थानीय समयअनुसार बिहान ९ बजे ब्रिसबेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो।

Hardik ivf

क्विन्सल्यान्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘क्विन्सल्यान्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन्। विमानको गोताखोरहरू पठाइएको छ।

घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्विन्सल्यान्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, ‘विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन्।

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्