Kathmandu Press

 नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु अन्याय हो : उपेन्द्र यादव 

काठमाडौं, पुस ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकै कारण मतदान गर्न नपाउनु असंवैधानिक रहेको बताएका छन्। निर्वाचन आयोगले नागरिकता...
 नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु अन्याय हो : उपेन्द्र यादव 

काठमाडौं, पुस ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकै कारण मतदान गर्न नपाउनुले नागरिकमाथि अन्याय हुने बताएका छन्। 

निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगरेप्रति असन्तुष्टी जनाउँदै यादवले कुनैपनि नागरिकहरुलाई नागरिक अधिकारबाट बञ्चित नगर्न चेतावनी दिएका छन्। 

नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय रहेको बताउँदै यादवले नागरिकता प्रमाणपत्र नभएका अथवा राज्यले दिन नसकेकै कारणले मात्रै कुनै पनि व्यक्त गैरनागरिक हुन नसक्ने बताएका हुन्। 

लाखौं जन्मसिद्ध नागरिक र मधेशी नागरिकहरुलाई सरकारले नागरिकता प्रदान गर्न नसकेको बताए। यस्तो  अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका बिपरित र मानबता बिरोधि कार्य रहेको उनले बताएका छन्। 

‘निरङ्कुश पन्चायतकाल  र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन,’ उनले भनेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको  हो , राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको तर त्यस्को सजाय जनताल्रे भोग्नु पर्ने यो कस्तो न्याय  हो । तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग  र सरकारले यस्तो  गम्भीर विषयमा समयमै  ध्यान पूर्‍याओस ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस ।’
 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्