Kathmandu Press

सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

काठमाडौं, पुस ४ : सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको...
सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

काठमाडौं, पुस ४ : सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हो। 

सर्वदलीय बैठक बस्नुअघि गठबन्धनको साझा धारणा बनाउनका लागि गठबन्धनको बैठक बस्न लागिएको हो। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन्। संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक अपरान्ह ४ बजेलाई आह्वान गरिएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । यसैबीच नेकपा एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ।  

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्