Kathmandu Press

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको सूची पठाउने समय थप 

काठमाडौं, पुस ४ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिहरुको सूची पठाउने समय थप गरेको छ। यसअघि पुस ३ गते (शनिबार) सम्म प्रतिनिधिहरुको...
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको सूची पठाउने समय थप 

काठमाडौं, पुस ४ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिहरुको सूची पठाउने समय थप गरेको छ। यसअघि पुस ३ गते (शनिबार) सम्म प्रतिनिधिहरुको सूची पठाइसक्न भनिएकोमा प्रदेश सम्मेलनमा ढिलाई भएका कारण समय थप गरिएको हो। 

थप गरिएको समय अनुसार पुस ५ गते (सोमबार) सम्म प्रतिनिधिको सूची पठाउन निर्देशन गरिएको सचिवालयले जनाएको छ।  प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्ने जनाइएको छ ।

 पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। 

सचिवालयका अनुसार पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिका माध्यमबाट नेतृत्व चयन भएको छ। 
 

प्रकाशित मिति: १०:२९ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्