Kathmandu Press

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं

काभ्रेपलाञ्चोक, पुस ४ : वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् ।उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४...
प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं

काभ्रेपलाञ्चोक, पुस ४ : वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् ।उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्। 

‘प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ,’ उनले भने। उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताए।

मन्त्री हुमागाईँले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए। उनले भने, ‘कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।ण्द्दज्ञड उनले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ (एकीकृत समाजवादी) जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ। 

प्रकाशित मिति: ०९:५३ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्