Kathmandu Press

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका वृद्धको मृत्यु 

बैतडी, पुस ४ : बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै  मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय...
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका वृद्धको मृत्यु 
फाइल तस्बिर

बैतडी, पुस ४ : बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै  मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धाको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । 

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ । यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन्।

प्रकाशित मिति: ०९:४६ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्