Kathmandu Press

लडेर वडा सदस्यको मृत्यु

रुकुम(पूर्व), पुस ३ : सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ। छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को...
लडेर वडा सदस्यको मृत्यु

रुकुम(पूर्व), पुस ३ : सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ। छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो।

बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजादैँ गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो। मृतक पुनको शुक्रबारै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ। मृतक पुनका श्रीमती र एक छोरा छन्।

प्रकाशित मिति: २०:५२ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्