Kathmandu Press

सामुदायिक वनमा युवक मृत फेला

सामुदायिक वनमा युवक मृत फेला

सुदूरपश्चिम, पुस ३ : कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताए। जोशीले भने, 'युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको छ,' उनले भने।

प्रकाशित मिति: २०:१० बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्