भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला
भक्तपुर, पुस ३ : भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ। चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक...
भक्तपुर, पुस ३ : भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ। चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो।
बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रकाशित मिति: १९:५१ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












